FLASH NEWS
  • Loading...

मतदानको पर्खाइमा मतदाता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

nlntk’/df dgf]gog btf{
nlntk’/sf g]skf Pdfn]sf g]tf tyf sfo{stf{ :yfgLo txsf] hgk|ltlglwsf] lgjf{rgsf] nflu dªunaf/ pDd]bjf/L dgf]gog btf{ ug{ dxfgu/kflnsftkm{ hfFb} . tl:a/ M k|bLk/fh jGt, /f;;


काठमाडौँ, २७ वैशाख । राजनीतिक अस्थिरताका कारण लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको दिन प्रतीक्षा गरिरहेका मनमैजुका जनता भोट हाल्न आतुर देखिएका छन् ।

राजनीतिक अन्योलताका कारण मुलुकको आर्थिक र सामाजिक विकासमा देखिएको गत्यावरोध अन्त्य गर्न यो निर्वाचन महत्वपूर्ण हुने यहाँका मतदाताको बुझाइ छ, त्यसैले पनि उहाँहरु मतदानको व्यग्र प्रतीक्षामा हुनुहुन्छ ।

आफ्नो मतदाता नामावलीमा आफ्नो नाम हेर्न आउनुभएकी ५४ वर्षीया मतदाता कमलादेवी पन्त आफूले पहिलोपटक स्थानीय तहमा मतदान गर्न लागेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मताधिकार व्यक्तिगत अधिकार हो, यो प्रयोग गर्न पाउनु अवसर हो । यो अवसरको सदुपयोग गर्न म आतुर छु ।”

साँच्चै उहाँजस्ता कैयौँ नागरिकले यसपटक पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । सङ्घीय गणतन्त्र नेपालको स्थानीय तहको निर्वाचनमा सबै नागरिकले पहिलो पटक भाग लिँदैछन् । त्यसले गर्दा यो निर्वाचन मुलुक र जनताका लागि ऐतिहासिक हो ।

मनमैजु अर्थात् तारकेश्वर नपा–९ काठमाडौँको उत्तरपश्चिम क्षेत्रमा पर्ने ऐतिहासिकस्थल हो । यो महर्जनहरुको थातथलोमा आफ्नै समुदायले बाजी मार्ने दाबी गर्नुहुन्छ चङ्खलाल महर्जन । उहाँ भन्नुहुन्छ, “यहाँको रीतिरिवाज तथा विकासमा आफ्नै समुदायको नेता चाहिन्छ, उसैलाई मतदान गर्छु ।”

मनमैजुको प्रख्यात अजिमा ‘इन्द्रायणी’ काठमाडौँ उपत्यकामै प्रख्यात मन्दिर हो । पाँच दिनसम्म निकालिने इन्द्रायणी जात्रा यहाँको परम्परादेखि मनाइँदै आएको प्रमुख पहिचान हो । यहाँ गाईजात्रा, इन्द्रजात्रा, दसैँ जात्राजस्ता परम्परागत प्रचलन वर्षौंदेखि कायम छन् ।

यस्ता परम्परा धान्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले पहिलेजस्तै निर्वाचनमा बाजी मार्ने माहोल आएको नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका कान्छा महर्जनको पनि दाबी छ । उहाँले २०४८ र २०५४ सालमा पनि बाजी मार्नुभएको थियो ।

आफ्नो वडाको चौतर्फी विकास गर्ने प्रतिबद्धतासहित घरदैलो अभियानमा व्यस्त नेकपा (एमाले) का युवानेता बलराम सिटौलामा युवापुस्ताले आफूलाई जिताउने विश्वास छ । आफ्नो क्षेत्रको सरसफाइ, स्वच्छ वातावरण, खानेपानीको व्यवस्थापन तथा स्रोतको आधुनिकीकरणजस्ता विषयलाई प्राथमिकतामा राखेर आफूले जनताको सेवा गर्ने सिटौलाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मनमैजुको केन्द्रमा गणेश थान, मनमैजु मन्दिर, चारघरे, वासुकी नाग टोल, पाचने टोल, इन्द्रायणी, शान्तिटोललगायत स्थान यस वडाका महत्वपूर्ण स्थान हुन् । यी स्थानको विकासमा आफ्नो प्रतिबद्धता रहेको बताउनुहुन्छ नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेदवार पार्वती थापा (पाण्डे) । एक वर्षभित्रमा बाँकी भएको बाटो–घाटो र ढल निर्माण गर्ने, बस्तीलाई सरसफाइ गर्ने, नेवारी समुदायको संस्कृति, भाषा र स्थानीय जात्रालाई सुव्यवस्थित गर्ने, बालबालिका तथा वृद्धवृद्धाका लागि हेरचाह केन्द्र निर्माण गर्ने विषयलाई उहाँले विशेष प्राथमिकता दिने बताउनुभएको छ ।

परिवर्तन र विकासका लागि युवालाई नेतृत्व दिनुपर्छ भन्ने नारामा अगाडि बढेका छन् नेपाल मजदुर किसान पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार ई. सबिन महर्जन । उहाँले स्थानीय जनताको मनोभावनाअनुसार आफूले विकासका कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यहाँका उम्मेदवारलाई नयाँ पुस्ता, नयाँ परिस्थिति र नयाँ नेपालमा परम्परागत रीतिरिवाज तथा परम्परालाई निरन्तरता दिँदै जनताको मन जित्नुपर्ने चुनौती छ । विगतमा भएका गल्ती कमजोरीलाई सच्याएर स्थानीय जनताको घरदैलोमा पुग्ने नेतालाई नै मत दिने सोच बनाउनुभएको छ, यहाँका युवा लक्ष्मण महर्जन (लक्षु)ले । उहाँ भन्नुहुन्छ, “पार्टीको निर्देशनभन्दा पनि यहाँको समुदायलाई सम्मान गर्ने नेतालाई मत हाल्छु ।”

विगतको प्रतिबद्धता स्मरण गर्दै यहाँका ६३ वर्षीय मतदाता राधेश्याम महर्जनले भने जुन नेता आए पनि उस्तै त हो नि, भूकम्पले भत्काएका घर अझै निर्माण गर्न सकिएको छैन भन्नुभयो ।

पक्कै पनि निर्वाचित हुने जनप्रतिनिधिको जिम्मेवारी काठमाडौँको ऐतिहासिकस्थल मनमैजु, यहाँको परम्परा र मन्दिरको संरक्षण र जनताको दैनिक जीवन सहज बनाउनु नै मुख्य कार्यभार हुने विश्वास गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित