FLASH NEWS
  • Loading...

संशोधनबिना चुनाव असम्भव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले संविधान संशोधन नभई दोस्रो चरणको चुनाव सम्भव नहुने अडान दोहो¥याएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, संघीय गठबन्धन र एमालेसहितको बैठकमा गठबन्धनका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु निर्वाचनमा भाग नलिने र दोस्रो चरणको निर्वाचनसमेत हुन नदिने चेतावनी अडान दोहोर्याएका हुन् ।
तर, संविधान संशोधनको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू चेपुवामा परेको बताएका छन् । गत १७ बैशाखका दिन संविधान संशोधनका लागि चाहिने आवश्यक मत पुगेको भए पनि राप्रपाका केही सांसदले धोका दिँदा संशोधन हुन नसकेको र आफू चेपुवामा परेको बैठकमा खुलाए । उनले आउँदो ४ जेठका दिन संविधान संशोधनका लागि पहल गर्ने पनि गठबन्धनलाई वचन दिएका छन् ।
तर, गठबन्धनका नेताहरुले भने प्रधानमन्त्री मिठो बोली धेरै सुनेको भन्दै अब परिणाम चाहिने बताएका छन् । रापजा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मिठो बोली त नौ महिना सुन्यौ, । तर, परिणाम आउन’पर्यो ।’
बैठकमा गठबन्धनका नेताहरुले भने आफ’हरुसँग भएको समझदारी अनुसार काम नभएको भन्दै अब दबावमूलक आन्दोलन घोषणा हुने जानकारी गराए ।
सरकारले आफूहरुसित गरेको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन घोषणाको तयारीमा रहेको गठबन्धनले मंगलबार प्रधानमन्त्री दाहाललाई एक्लै भेट्न चाहेका थिए । तर, दाहालले भने प्रमुख विपक्षी एमाले र कांग्रेससहितको बैठक बोलाइदिएपछि गठबन्धनका नेताहरु प्रधानमन्त्रीसँग क्रुद्ध भएका थिए ।
चुनाव अगावै संविधान संशोधन हुन्छ भनेर किन नगरेको भन्दै गठबन्धनका नेताहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पास गराउन भएको पहलबारे जानकारी गराएका थिए । प्रमुख विपक्षी एमालेतर्फ संकेत गर्दै प्रधानमन्त्री दाहालले एउटा पक्ष संविधान पास हुन नदिनेमा रहेको बताए । फेल हुने भए हुन दिने तर, पास हुने भयो भने जसरी पनि रोक्ने उक्त पक्षको योजना रहेकाले संविधान संशोधन हुन नसकेको उनले बताए ।
उनले भने, ‘एउटा पक्ष छ जो संशोधन पास नहोस् भन्ने चाहान्छ, फेल हुने अवस्था आउँदा अघि बढाऊ भन्छ तर पास होला जस्तो भए रोक्न खोज्छ, अर्को पक्ष पास होस् भन्ने चाहँन्छ तर फेल होला जस्तो भए रोक्न खोज्छ ।’
बैठकमा प्रधानमन्त्री दाहालले १७ बैशाखमा संविधान संशोधनको पक्षमा ४०१ मत पुगिसकेको अवस्थामा राप्रपाका १० सांसद अनुपस्थित भएका कारण संविधान संशोधन रोकिएको गठबन्धनका नेताहरुलाई सुनाए ।
यता, बैठकमा एमाले नेताहरुले भने संविधान संशोधनलगायत विषयमा सरकारले आफ’हरुसँग छलफल नै नगरेको गुनासो गरेर समय कटाइरहेका थिए । बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतम र संसदयीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीसँग गुनासो गर्दै मधेसी मोर्चासँगको बैठकमा प्रमुख प्रतिपक्षी दललाई सहभागी नगराको बताए । नेम्वाङले आफूहरु पनि सहमतिको बाधक नभएको तर सरकारले मोर्चासँग एक्लै बैठक राखेर एमालेले मानेन भन्ने गरेको नेम्वाङले बैठकमा बताए । उपध्यक्ष बामदेव गौतम भने बैठकमा खासै बोलेनन् । गठबन्धनका नेताहरूले भने आफूहरूलाई प्रधानमन्त्री दाहालले एमालेसँग पनि छलफल गरिरहेको छु भनेर जानकारी दिएको बताएका थिए ।
गठबन्धनका नेताहरुले आफूहरुलाई प्रधानमन्त्रीले आश्वासन दिएर मात्रै भएन सरकारले प्रतिबद्धता जनाएअनुसार मागहरु पूरा पनि हुनुपर्ने बताए । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले भने, ‘जवाफमा प्रधानमन्त्रीले आफू त्यसका लागि प्रयास गरिरहेकोले आक्रमक नहुन आग्रह गर्नुभयो ।’
बैठकमा आफूले संविधान संशोधनका लागि एमाले नकारात्मक नरहेको तर यसको लागि उचित कारण हुनुपर्ने धारणा राखेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । गठबन्धनका नेताहरूले आफूहरूको माग सरकारसँग भए पनि यसमा एमाले पनि सकारात्मक हुनुपर्ने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित