FLASH NEWS
  • Loading...

चुनावको लागी प्रधानमन्त्री उत्साहित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन उत्साहजनक वातावरणमा अघि बढेकोमा खुशी व्यक्त गरेका छन्।
निर्वाचन आयोगमा निर्वाचन सम्बन्धि भएको छलफलपछि प्रधानमन्त्री दाहालले चुनाव नजिकिदै गएको यस्तो परिस्थितीमा खुशी भएका हुन् ।
स्थानीय तहको निर्वाचनका लागि आयोगबाट आवश्यक मेहनत र पहल नभएको भए आमजनतामा उत्साह र विश्वास पैदा गर्न निकै कठिनाइ हुनसमेत बताए । प्रधानमन्त्री दाहालल सरकारले अहिले सुरक्षा बन्दोबस्त चुस्त बनाएको जनाउँदै सुरक्षा तयारी र सक्रियतालेगर्दा नै निर्वाचनलाई असर पुग्ने क्रियाकलाप हुन नपाएको जानकारी गराए ।
उनले निर्वाचनको प्रतिरोध गर्ने पक्षबाट मुलुकका केही भागमा तोडफोड, आगजनी, प्रतिरोधका घटना भईरहेको समेत जनाएका छन् । उनले गोरखालगायतका जिल्लामा भएको घटनामा सरकारको कुनै हस्तक्षेप नभएको बताए ।
दोलखामा मंगलबार भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएर अनुसन्धान गर्न निर्देशन दिइसकेका बताए । मंगलबार माओवादी र एमाले विच झडप हुँदा एक जनाको ज्यान गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित