FLASH NEWS
  • Loading...

कर्मचारी कार्यक्षेत्रमा परिचालित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५३ पटक पढिएको
Post Thumbnail

जुम्ला, २८ वैशाख । यहाँका ७६ मतदानस्थल तथा ८७ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी परिचालित गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो । प्रत्येक मतदान केन्द्रमा पाँचदेखि आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

“पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा एक कार्यालय सहयोगी र दुई स्वयंसेवक खटाएका छौँ, त्यसभन्दा बढी मतदाता भएको ठाउँमा एक÷एकजना थप गरेका छौँ,” उहाँले भन्नुभयो । बुधबार मात्र ६२५ कर्मचारी कार्यक्षेत्रमा परिचालित गरिएको न्यौपानेले बताउनुभयो । उनीहरुलाई ९० प्रकारका निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको छ ।

प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले प्रत्येक मतदान केन्द्रमा छ म्यादी प्रहरी र पाँच प्रहरीसहितको सुरक्षा टोली खटाइएको बताउनुभयो । जिल्लामा ४१५ म्यादी र ४८६ प्रहरीसहितको टोली परिचालित गरिएको छ ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जुम्लाका आठ स्थानीय तहमा अति संवेदनशील गाउँपालिकामा ३० र संवेदनशील गाउँपालिकामा २० सशस्त्र प्रहरी खटाइएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सबै कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र शान्ति सुरक्षाको अवस्था मजबुत र सन्तोषजनक रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित