FLASH NEWS
  • Loading...

‘सञ्चारकर्मी चनाखो हुनुपर्छ’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail

बुटवल, २८ वैशाख । स्थानीय तहका आर्थिक गतिविधिमा सञ्चारकर्मी चनाखो हुनुपर्ने सञ्चार क्षेत्रका विज्ञहरुले औँल्याएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा अर्थमन्त्रालयद्वारा आज बुटवलमा आयोजित ‘समृद्ध नेपालका लागि दिगो आर्थिक विकास पत्रकारिता छलफल तथा अन्तक्र्रिया’ कार्यक्रममा बोल्ने विज्ञहरुले केन्द्र होस् वा स्थानीय तहको सत्तामा हुनेहरुलाई जवाफदेही बनाउन सञ्चारकर्मी चनाखो हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष सुरेश आचार्यले जनताका अधिकार गाउँगाउँसम्म आउँदै गर्दा माथिको विकृति तलसम्म पनि आउन सक्ने भएकाले चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले सहस्राब्दी लक्ष्यको प्रगति के कस्तो छ भन्नेतर्फ ध्यान दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

महासङ्घका पूर्व अध्यक्ष शिव गाउँलेले राष्ट्रको सम्पत्ति केमा खर्च भइरहेको छ भन्नेबारे खोजी हुनुपर्ने बताउनुभयो । उहाँले जनताको दुःख र सिंहदरबारको बाध्यता उस्तै उस्तै रहेको भन्दै सत्तामा रहेकाहरूको आलोचनात्मक खबरदारी भइरहनुपर्ने बताउनुभयो ।

आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष किरण नेपालले खुला बजार, अर्थतन्त्र र लोककल्याणकारी राज्य आ–आफ्नै ढङ्गले अगाडि बढ्ने गरेको भन्दै अब सिंहदरबारभन्दा पनि ७४४ स्थानीय तहलाई हेर्ने मौकासँगै चुनौती थपिएको बताउनुभयो ।

कार्यक्रममा आर्थिक पत्रकार समाजका उपाध्यक्ष कुवेर चालिसे, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित