FLASH NEWS
  • Loading...

निर्वाचनका लागि सत्तारुढ दल जिम्मेवार हुनुपर्ने ः अध्यक्ष थापा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail


हेटौँडा, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सत्तारुढ दलहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख दलहरु राष्ट्रियताको सम्वद्र्धन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धितर्फ मुलुकलाई डो¥याउन जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले बाह्य चलखेललाई नियन्त्रण गर्न र मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सत्तारुढ दल र प्रतिपक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । धर्म संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति र प्रजातन्त्रको सुदृढीरकरणका लागि राप्रपाले वर्तमान संविधानलाई स्वीकार गरेको उहाँको भनाइ थियो ।

सभामा राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौता, केन्द्रीय सदस्य दीपबहादुर सिंह, पार्टीका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार मधु अधिकारीले संविधान कार्यान्वयनका लागि निर्वाचनलाई सफल पार्न मधेसी मोर्चाले पनि सहयोग पु¥याउनुपर्ने धारणा राख्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित