FLASH NEWS
  • Loading...

राष्ट्रियता र समृद्धिको हिसाबले काँग्रेस र माओवादी दानव -नेता नेपाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


काठमाडौं, २८ बैशाख– पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र माओवादीबाट मुलुक समृद्ध नहुने बताउनु भएको छ ।
‘नेपाली काँग्रेस र माओवादीले देशको मुहार फेर्न सक्दैनन’ कागेश्वरी मनोहरा नगर कमिटीद्धारा विहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भन्नु भयो– उनीहरुमा दानवको लक्षण छ, मानवताको लक्षण भएको पार्टी एमाले मात्र हो, राष्ट्रियता जोगाउन र मुलुकको विकास गर्न एमाले नै चाहिन्छ ।’ नेता नेपालले पोखरा, निजगढ र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमान स्थलको अवधारणा तथा फाष्ट ट्रयाक, जस्ता महत्वपूर्ण योजना एमालेले ल्याएको स्मरण गराउनु भयो । ‘उज्यालो नेपाल पनि हाम्रै योजना हो’ उहाँले भन्नुभयो – कुलमानलाई विद्युत प्राधिकरणमा सुरुमा एमालेले नै अगाडि बढाउँदै लगेको हो । यहाँ एमालेकै योजना र सहयोगमा अगाडि बढ्नु भएको हो तर अहिले त्यसको जस माओवादीले लिन खोजेको छ ।’
नेता नेपालले स्थानीय चुनावमा सबैतिर एमालेको माहोल बढ्दै गएको बताउनु भयो । ‘एमालेका उम्मेदवारसँग कसैको तुलना हुन सक्दैन’ उहाँले भन्नुभयो– ‘रुख बुढो भयो, ढल्न लागेको छ । माओवादी विचरा भएको छ । उहाँले काँग्रेस र माओवादी केन्द्रको चुनावी तालमेललाई ‘हरुवा गोरुको छेरुवा दाउ’को संज्ञा दिनुभयो ।
नेता नेपालले कागेश्वरी मनोहरा नगरपालिकामा एमालेले मेयर, उपमेयर, वडा अध्यक्ष लगायतका सबै पदमा इमान्दार तथा जनउतरदायी व्यक्तिलाई उम्म्ेदवार बनाएको बताउनु भयो । ‘चुनावमा तपाईहरुले हामीलाई मौका दिनुस, भोलि हामीले तपाईहरुको सपना सकार पार्ने छौ ।’ उहाँले मतदातासँग एमालाई मत दिन आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित