FLASH NEWS
  • Loading...

यातायात व्यवस्था कार्यालयमा बम विस्फोट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail


लहान—सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ ।
विहिबार दिउँसो १ बजे ठूलो आवाजसहित भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभए पनि कार्यालयको शौचालय भित्ता र झ्यालका सिसा फुटेका छन् । । बम विस्फोटबाट कार्यालयका भित्तासमेत चर्किएका छन् । कार्यालयको माथिल्लो तलामा रहेको शौचालयमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा बम विस्फोट हुँदा सेवाग्राहीमा भागदौड मच्चिएको थियो । बम विस्फोटपछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ भने व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ सो कार्यालयका प्रमुख ओमकारप्रसाद न्यौपानेले दिउँसो आफ्नो कक्षामा कार्यालयका कर्मचारीसँग छलफल गरिरहेका बेला एक्कासि ठूलो बम विस्फोट भएको जानकारी गराए ।
कुनै पनि समूहबाट चन्दालगायतको धम्की नआएकाले किन र कसले बम विस्फोट गराएको हो ? यसबारे आफू अनभिज्ञ रहेको प्रमुख न्यौपानेले बताए । इप्रका, लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले विस्फोट गराउने समूहको खोजी भइरहेको बताएका छन् । विस्फोटपछि लहानमा जनता त्रसित भएका छन् भने विस्फोटको जिम्मा हालसम्म कसैले पनि नलिएको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित