FLASH NEWS
  • Loading...

प्रदेश २ मा स्थानीय तहको संख्या थप गर्ने निर्णय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


काठमाडौं–प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या थप गर्न सहमति गरेको हो । बैठकले उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिसमेत गठन गरेको छ ।
समितिमा रक्षामन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री अजयशंकर नायक सदस्य रहेका छन् । बैठकले समितिलाई पाँच दिनभित्र प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएको छ । प्रतिवेदन पछि नै प्रदेश नम्बर २ को स्थानिय तहको निर्णय हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित