FLASH NEWS
  • Loading...

सांसद केशव बडाललाइ हदयघात

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सभापति तथा सांसद केशव बडाललाई हृदयघात भएको छ । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार सांसद बडाललाई शुक्रबार साँझ घरमै बसिराखेको अवस्थामा हृदयघात भएको हो ।
चाबहिलमा घरमा बसेकै अवस्थामा बडाललाई साँझ करिब ५ बजेतिर हृदयघात भएको थियो । हृदयघात भएपछि उनलाई नजिकैको चाबहिलको हेल्पिङ हृयाण्ड अस्पताल लगिएको थियो । तर अस्पतालले उनलाई त्यहाँबाट टिचिङ अस्पताल रिफर गरेको थियो । हाल उनको उपचार टिचिङ अस्पताल महाराजगञ्जमा भइराखेको छ ।
नेता ज्ञवालीका अनुसार बडाल अहिले खतरामुक्त छ । उनको सामान्य शल्यक्रिया समेत भइसकेको छ । अहिले उनी टिचिङ अस्पतालको मनमोहन कार्डियो भास्कुलर थेरासिक ट्रान्सप्लान्ट सेन्टर छन् । उनी अहिले खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित