FLASH NEWS
  • Loading...

स्वास्थमन्त्री गगन थापामाथी दुव्र्यवहार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail

काठमाडौं— आफ्ना कार्यकर्तालाई भेटन गएका स्वास्थ्य मन्त्री गगन थापालाई शनिबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा एमालेका कार्यकर्ताहरुले दुव्यवहार गरि लखेटेका छन् । एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले ‘गगनेलाई लखेट् भन्दै’ लखेटेका हन् । मन्त्री थापालाई निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले घेराउ गरेर दुर्व्यवहार गरेका हुन् । यसबारे एमालेले निर्वाचन आयोगलाई समेत उजुरी दिएको स्थानीय एमाले कार्यकर्ताले बताएका छ । एमाले कार्यकर्ताको बिरोध र नाराबाजी छलेर कपन जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको थियो । मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए । उनले आफू यसरी घरमा जान पाइने प्रतिक्रिया गाडीभित्रैबाट दिए । लगत्तै एकजनाले ‘गगनेलाई लखेट’ भनेपछि एमाले कार्यकर्ताहरु मोटरसाइकल चढेर मन्त्रीको गाडीलाई पछ्याउदै सुकेधारासम्म पुगेका थिए । काठमाडौं क्षेत्र नम्वर ४ को कपनमा नातामा हजुरवा पर्ने एक आफन्तहरुलाई भेटेर फर्कने क्रममा जोरधारा पछाडि आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कंदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले थापामाथि दुव्र्यवहार गरेको मन्त्री थापाका सहयोगीले बताए । थापाले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको र व्यक्तिगत भेटघाटलाई आचारसंहिताले पनि नरोकेको बताए । थापाले निर्वाचनको वातावरण विगार्न आएकाहरुको हल्लाको पछाडि नलागी ३१ गतेको चुनावमा लाग्न आग्रह गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित