FLASH NEWS
  • Loading...

छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १७८ पटक पढिएको
Post Thumbnail


काठमाडौं–२० वर्षपछि भएको स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ र
जनताको उत्साजनक सहभागिता देखिएको मतदानमा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
मतदान सकिए लगत्तै मतपेटीका संकलन कार्य हुनेछ र सम्बन्धित ठाउँमा मतपेटिका पुगे पछि मतगणना हुने आयोगले जनाएको छ ।
पहिलो चरण अन्तर्गत ३४ जिल्लामा निर्वाचन भएको थियो । २८३ स्थानीय तहमा मतदान उत्सहजनक रुपमा सम्पन्न भएको छ । दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।
मतदानमा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन भएको थियो भने २ ठाउँको निर्वाचन झडप भएको थियो ।

एक जनाको मृत्यु
दोलखामा भएको झडपका क्रममा एकजनाको मृत्यु भएको छ । मृतको नाम खुलाईएको छ ।
बिहान मतदान सुरु भएदेखिनै तनावग्रस्त रहेको मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीच झडप भएको थियो । झडप रोक्न प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । मेलु १ छटेश्वर माविको मतदान केन्द्रमा एक जनाको मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित