FLASH NEWS
  • Loading...

काठमाडौं र ललितपुरका मतपेटिका गणनास्थल तर्फ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail


काठमाडौं –स्थानीय तहको निर्वाचन पहिलो चरणको मतदान सम्पन्न भएलगत्तै काठमाडौं महानगरका पालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा लगिएको छ भने ललितपुरको स्टाफ कलेज लगिएको छ ।
मतपेटिकालाई मतगणनास्थल राष्ट्रिय सभागृहमा ल्याउने क्रम तीब्र भएको भएपछि त्यहाँ सर्वसाधारण र विभिन्न दलका कार्यकर्ताको दरो उपस्थिति देखिएको छ ।
साँझ ५ बजे मतदान सकिएपछि मतपेटिका सिल गरेर निर्वाचन अधिकृतहरुले दलका प्रतिनिधिको रोहबारमा मुचुल्का गरेर प्रहरीको सुरक्षामा सभागृह ल्याएका हुन् ।
निर्वाचन आयोगबाट खटिएका कर्मचारीले मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर सभा गृह र स्टाफ कलेज पुर्याएका हुन् ।
अब केही समयपछि सबै प्रक्रिया टुंग्याएर मतगणना थाल्न तयारी सुरु गरिएको छ । मत गणना आजै सुरु हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित