FLASH NEWS
  • Loading...

काठमाडौंको मतगणना भोलीबाट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


काठमाडौं–काठमाडौं महानगरपालिकाको मत सोमबार बिहानबाट गणना हुने भएको छ । पुरा दिन निर्वाचनमा खटिएको र मतगणना अघि पनि केहि प्रक्रियाहरु गर्नुपर्ने आवश्यकता भएकोले आजको लागी मतगणना थाती राखिएको हो ।
तर, टोखा र दक्षिणकाली नगरपालिकामा भने आइतबार रातिबाटै मतगणना सुरु हुनेछ ।
काठमाडौंका प्रमुख निर्वाचन अधिकृत चन्द्रप्रसाद गौतमका अनुसार ‘१० बजे टोखामा र ११ बजे दक्षिणकालीमा मतगणना सुरु हुने बताए ।
गौतमका अनुसार सोमबार बिहान सर्बदलीय बैठक राखेर काठमाडौं महानगरपालिकाको मतगणना सुरु गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित