FLASH NEWS
  • Loading...

हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail

हेटौँडा, १ जेठ । हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहान ९ः३० बजेबाट जिल्ला समन्वय परिषद्को सभागृहमा सुरु भएको छ ।
सो मत गणना दुई समूहमा विभाजन गरी मत गन्ने कार्य सुरु गरिएको छ । अहिले एक नम्बर वडाबाट मत गणना सुरु गरिएको छ ।१ नम्बर वडामा कुल दुई हजार ८९१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा कुल ८३ हजार ५९७ मतदाता रहेको र ९३ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी थाहा नगरपालिकामा पनि मतगणना कार्य आज बिहानबाट सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित