FLASH NEWS
  • Loading...

बेनीमा एमाले–राप्रपा गठबन्धनको अग्रता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

म्याग्दी, १ जेठ । बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो ।

अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले २०५ र काँग्रेस–माओवादी केन्द्रले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेनपा–१ रत्नेचौरका दुवै केन्द्रको एकैठाउँमा राखेर गणना सुरु गरिएको छ । वडाको सम्पूर्ण गणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । “मतगणना पूर्व भएका सहमति र आयोगको निर्देशिका अनुसार गणना सुरू गरिएको छ” शर्माले भन्नुभयोे ।

मतगणनाको सुरुवातमा राजनीतिक दलका प्रतिनिधिको सहमतिमा आचारसंहिता समेत बनाइएको छ । बेनपा–१ को मतगणना सम्पन्न भएपछि क्रमशः अरु वडाको सुरु गरिने छ । बेनी नगरपालिकामा १८ हजार ३४५ मत रहेकोमा १३ हजार १२८ मत खसेको छ । यसैबीच पाँचवटै गाउँपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । अन्य गाउँपालिकाका केन्द्रमा पनि अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित