FLASH NEWS
  • Loading...

मन्थली र रामेछाप नगरपालिकामा मतगणना

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४५ पटक पढिएको
Post Thumbnail

रामेछाप, १ जेठ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना आजबाट हुने भएको छ ।

दुई नगरपालिका र छ गाउँपालिकाको ९० वटा मतदानस्थलका १७० मतदान केन्द्रमा ९४ हजार ३०८ मत खसेको छ । मन्थली नगरपालिकामा अहिले केहीबेरमा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सम्पन्न भएको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले बताउनुभएको छ । त्यसैगरी रामेछाप नगरपालिकामा पनि मतगणना गर्ने सहमति भएको छ । लिखु गाउँपालिकाको भने मतगणना सुरु भएको छ ।

गोगुलगङ्गा गाउँपालिकामा मतगणना गर्ने तयारी भइरहेको छ । त्यसैगरी दोरम्बा र उमाकुण्ड गाउँपालिकामा पानीका कारण केही मतदान केन्द्रबाट अझै पनि मतपेटिका गाउँपालिकाको केन्द्रमा आउन बाँकी रहेको छ ।

सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा पनि मतगणना गर्नका लागि सर्वदलीय बैठकको तयारी भइरहेको छ । रामेछापमा स्थानीय तहको निर्वाचनको लागि एक लाख ३४ हजार ६२० मतदाता रहेकामा ९४ हजार ३०८ मतमात्र खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोलिसम्ममा मत परिणाम आइपुग्ने अनुमान गरेको छ । सबैभन्दा बढी मत मन्थली नगरपालिकामा १९ हजार ६४१ खसेको छ भने सबैभन्दा कम उमाकुण्ड गाउँपालिकामा सात हजार ९८२ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिखु गाउँपालिकामा १० हजार २५९, सुनापति गाउँपालिकामा १० हजार ८००, गोगुलगङ्गा गाउँपालिकामा नौ हजार ३१९ मत खसेको छ । दोरम्बा र खाँडादेवी गाउँपालिकामा ७० प्रतिशत मत खसेको सम्बद्ध निर्वाचन अधिकृतहरुले बताएका छन् । स्थानीय तहको निर्वाचनका लागि रामेछापको आठ स्थानीय तहका लागि झन्डै एक हजार २०० ले उम्मेदवारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित