- Loading...
प्रहरीको गोली लागेर कालिकोटमा वडाध्यक्षका उमेदवारको मृत्यु
- गोल्डेन खबर
- ७ साल अघि
- १०८ पटक पढिएको
कालीकोट, १ जेठ । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ का उमेदवार धनरुप बटालाको प्रहरीको गोली लागी मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । विप्लव माओवादीसँगको झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो ।
मतदान सकेर मतपेटीका बोकेर जिल्लातर्फ आउँदै गरेको टोलीमाथी आक्रमण गरी मतपेटिका जलाएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका बटालाको गए राति मृत्यु भएको मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थले बताए ।
आइतबार साँझ ५ बजे मतदान सकेर मतपेटिका बोकेर सदरमुकाम मान्मातर्फ आउँदै गरेका बेला विप्लव नेतृत्वको माओबादी कार्यकर्ताले मतपेटिका खोसेर जलाएका थिए । त्यसपछि दोहोरो झडप भएको थियो । उनका अनुसार विप्लव माओवादीका कार्यकर्र्ताले दिउँसो पनि मतदान केन्द्र नजिकै बम बिष्फोट गराउन खोजेका थिए ।