FLASH NEWS
  • Loading...

काठमाडौँ महानगरको मतगणना सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो ।
कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ मतगणना भइरहेको हो ।

पछिल्लो मत परिणामअनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसे ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागाईं ४९, नेकपा (माओवादी केन्द्र)का टिआर नेपाल २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाउनुभएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले राससलाई जानकारी दिनुभयो । उपप्रमुखमा माओवादी केन्द्रका २५ र राप्रपाका पाँच मत रहेको छ ।

चुनावी अग्रताः एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो

सूचीसहित

७० भन्दा बढी स्थानीय तहमा मतगणना जारी

स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७० वटा स्थानीय तहमा मतगणना सुरु भइसकेको छ भने अन्यमा पनि गणनाको तयारी भइरहेको छ ।

कुल २८३ वटा स्थानीय तहको चुनावमा तीन वटा स्थानीय तहमा एमालेले जितेको छ भने एउटामा नेपाली कांग्रेसले जितेको छ । एमालेले मनाङको च्यामे र नेस्याङ गाउँपालिका प्रमुखमा जित हात पारेको छ । डोल्पाको से फोक्सुण्ड गाउँपालिकामा एमाले निर्विरोध भइसकेको छ । त्यस्तै, नेपाली कांग्रेसले मनाङको नार्फूमा निर्विरोध जितेको छ ।

अहिलेसम्म प्राप्त तथ्यांक विवरण अनुसार प्रमुख दलहरुले अग्रता लिइरहेका स्थानीय तह यस्ता छन्ः

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु

१। गुर्भाकोट नगरपालिका सुर्खेत
२। थाहा नगरपालिका मकवानपुर
३। महालक्ष्मी नगरपालिका ललितपुर
४। रुबीभ्याली गाउँपालिका धादिङ
५। धुनीबेंसी नगरपालिका धादिङ
६। गजुरी गाउँपालिका धादिङ
७। मनहरी गाउँपालिका मकवानपुर
८। बन्दीपुर गाउँपालिका तनहुँ
९। मादी गाउँपालिका कास्की
१०। बेनी नगरपालिका म्याग्दी
११। कीर्तिपुर नगरपालिका काठमाडौं
१२। बुढानीलकण्ठ नगरपालिका काठमाडौं
१३। नागार्जुन नगरपालिका काठमाडौं
१४। गोकर्णेश्वर नगरपालिका काठमाडौं
१५। गैंडाकोड नगरपालिका नवलपरासी
१६। देवचुली नगरपालिका नवलपरासी
१७। विदुर नगरपालिका नुवाकोट
१८। डुंगेश्वर नगरपालिका दैलेख
१९। लेकबेंसी नगरपालिका सुर्खेत
२०। बनेपा नगरपालिका काभ्रे
२१। कागेश्वरी गाउँपालिका नुवाकोट
२२। फेदीखोला गाउँपालिका स्याङ्जा
२३। गोकुलगंगा गाउँपालिका रामेछाप

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह

१। ललितपुर महानगरपालिका
२। मुसिकोट नगरपालिका रुकुम
३। दार्मा गाउँपालिका, सल्यान
४। शारदा नगरपालिका सल्यान
५। चन्द्रागिरी नगरपालिका काठमाडौं
६। गोदावरी नगरपालिका ललितपुर
७। गोरखा नगरपालिका गोरखा
८। तादी गाउँपालिका नुवाकोट
९। कुसे गाउँपालिका जाजरकोट
१०। जिरी नगरपालिका दोलखा
११। कागेश्वरी मनहरा नगरपालिका काठमाडौं
१२। टोखा नगरपालिका काठमाडौं

माओवादीले अग्रता लिएका स्थानीय तह

१। चौरजहारी नगरपालिका रुकुम
२। गोलनचौर गाउँपालिका सिन्धुली
३। थाक्रे गाउँपालिका धादिङ
४। नेत्रावती गाउँपालिका धादिङ
५। रोशी गाउँपालिका काभ्रे
६। वागमती गाउँपालिका मकवानपुर
७। भेरीगंगा नगरपालिका सुर्खेत
८। शिवालय गाउँपालिका जाजरकोट
९। बारेकोट गाउँपालिका जाजरकोट
१०। बाफीकोट गाउँपालिका रुकुम
११। कोञ्जोस्योङ गाउँपालिका ललितपुर

अन्य दलर स्वतन्त्रले अग्रता लिएका स्थानीय तह

१। महांकाल गाउँपालिका, ललितपुर– स्वतन्त्र

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित