FLASH NEWS
  • Loading...

काठमाडौं महानगरमा एमाले अगाडि

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं—काठमाडौं महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ ।
कामपा वडा नं १ को १३० मतगणना मध्येमा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए ।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना सुरु भएको ५ घन्टापछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरेको हो ।
उनका अनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले २५, नेपाली कांग्रेसका राजुराज जोशीले २३ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले २ मत ल्याएका छन् ।
यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले २ मत ल्याएकी छन् । कूल १३० मतगणना भएकोमा १३ मत बदर भएको थियो । वडा नं १ मा कुल ३ हजार ३६० मतदाता रहेकामा २ हजार ३३२ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित