FLASH NEWS
  • Loading...

मत परिणाम आउन सुरु,कस—कसले जिते निर्वाचन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


काठमाडौं–२० वर्ष पछि भएको स्थानिय निर्वाचन सम्पन्न भएको छ । छिटफुट घटना बाहेक चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पछि मतगणना सुरु भएको छ । अधिकांश स्थानमा मतपेटीका संकलन भई मतगणना सुरु भईसकेको छ । केहिमा मत परिणाम पनि आईसकेको छ । मत परिणाम आईसकेका स्थानहरुको विवरण यस्तो छ ।

अन्नपूर्ण २ मा माओवादी
म्याग्दी—म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् ।
केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित भएका हुन् ।दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा ८ मत बदर भएको थियो ।

मेलम्ची नगरपालिका– १ मा एमाले
मेलम्ची—मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरेका थिए । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली कांग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गरेका थिए ।
यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली कांग्रेसका सविता गुरुङले २६० मत प्राप्त गरेकी छन् ।

डोल्पाको काइकेमा एमाले
डोल्पा—काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अंगत राना ९२० मत ल्याएर विजयी भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गरेकि थिईन् । यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी भएका छन् । ठूलीभेरी नगरपालिका– २ मा नेकपा (एमाले)का देवी रोकाया वडाध्यक्षमा विजयी भएका छन् ।

वारेकोट ९ मा माओवादी केन्द्र
जाजरकोट—स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शशिराम गौतम विजयी भएका छन् ।
सदस्यमा मनमाया बुढा २४०, कुमारी नेपाली २४३, धनबहादुर महतारा २४५ र मनबहादुर नेपाली २४५ मत प्राप्त गरेका छन् ।

रोशी—१२ नं मा माओवादी केन्द्र
धुलिखेल—काभ्रेपलाञ्चोक, रोशी गाउ“पालिका—१२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ ।
माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान ३४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिलाराम मोक्तानले २०५ र नेकपा(एमाले)का लीलाराम मोक्तानले १०४ मत प्राप्त गरेका थिए । सो वडामा ७१७ मत खसेको थियो ।
त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले २९०, कांग्रेसका उम्मेदवारले २५४ र एमालेका उम्मेदवारले १२५ मत प्राप्त गरेका थिए ।

बेनी–१ मा एमाले
म्याग्दी—बेनी नगरपालिका–१ का वडाध्यक्षमा नेकपा (एमाले)का टेकबहादुर रावल निर्वाचित भएका छन् ।
उनले ६३० मत प्राप्त गरेका छन् । यसैगरी ३ जना एमाले र १ जना कांग्रेसका उम्मेदवार वडा सदस्यमा निर्वाचित भएका छन् । एमालेबाट गौरी थापा मगर, खुला सदस्यमा टेकबहादुर थापा, ताराप्रसाद थापा मगर र महिला दलितमा कांग्रेसकी जमुना नेपाली वडा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रावलका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छविलाल श्रेष्ठले ४०९ र राप्रपाका रामबहादुर थापाले २२२ मत प्राप्त गरेका छन् । ३ मतदान केन्द्र रहेको वडा नं १ बाट एमालेबाट प्रमुखका उम्मेदवार प्रमोद श्रेष्ठले ७७८, कांग्रेसका हरिकुमार श्रेष्ठले ४५८, उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले ७१६ र नेकपा(माओवादी केन्द्र)की ज्योति लामिछानेले हालसम्म ३६५ मत प्राप्त गरेका थिए । बेनी–१ मा १ हजार ८८५ मतदाता रहेकामा १ हजार ३८२ मत खसेको थियो ।

भेरी गंगानगरपालिका—१ मा नेकपा माओवादी केन्द्र
सुर्खेत—सुर्खेत भेरी गंगानगरपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ ।
माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरू रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् ।
वडाध्यक्ष पदका प्रत्यासी नेपाली कांग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् ।

मनाङको नेस्र्याङमा एमाले
मनाङ—मनाङको नेस्र्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) विजयी भएको छ ।
निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गरेका थिए ।
यस्तै उपाध्यक्षमा एमालेकै मेङ्खु गुरुङ ६११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ गुरुङले ५०५ मत प्राप्त गरेका छन् ।
९ वटा वडा भएको सो गाउँपालिकाको वडा नं १, २, ४, ८ मा वडाध्यक्षसहित सबैमा नेकपा एमाले, वडा नं ५ मा नेपाली कांग्रेस, वडा नं ६ को वडाध्यक्षमा राप्रपा र अरु सबै एमाले विजयी भएका छन् । वडा नं ९, ३ र ७ मा भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
कुल २ हजार ८२५ मतदाता भएको नेस्र्याङ गाउँपालिकामा १ हजार १८४ मत खसेको थियो ।

मेघाङ–१ मा एमाले
नुवाकोट—मेघाङ गाउ“पालिकाको वडा नं १ मा वडाध्यक्षसहित सदस्यहरूमा नेकपा (एमाले)को समूह विजयी भएको छ ।
वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी भएका छन् ।
महिला सदस्यमा सुनमाया तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यहरूमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन् ।
सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)ले ९०, नेकपा (माओवादी केन्द्र)ले ६१ र नेपाली कांग्रेसले ४६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए ।

अन्नपूर्ण–१ मा एमाले विजयी
म्याग्दी—म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा (एमाले)का दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी भएका छन् ।
दोवाबाट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण पुनले ३३४, कांग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाइजाले ३३६, कांग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गरेकी छन् । वडा अध्यक्षमा कांग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गरेका छन् ।
८६३ जना मतदाता रहेको कैलाश मावि, दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियो । पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउ“पालिका–२ भुरुङ तातोपानीको मतगणाना सुरु भएको छ ।
कञ्जोस्यममा माओवादी विजयी
ललितपुर—ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर लामाले २८० मत प्राप्त गरेका छन् । प्राप्त मत परिणामअनसार सदस्यहरूमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित