FLASH NEWS
  • Loading...

चार महानगरपालिकामा एमालेको अग्रता, निर्णय हुन समय लाग्ने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

काठमाडौं–आइतबार सम्पन्न स्थानिय निर्वाचनको मतगणना चारवटै महानगरपालिकामा जारी छ ।
मंगलबार बिहान ७ बजेसम्मको नतिजा अनुसार चारवटै महानगरपालिकामा एमालेले अग्रिम स्थानमा छ ।
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य १७२ मतसहित अगाडी छन् । उनलाई साझा पार्टीका किशोर थापाले १२० ले पछ्याईरहेका छन् भने कांग्रेसका राजुराज जोशीले १११ मत पाएका छन् । विवेकशील नेपालीकी रन्जु दर्शनाको ९१ मत प्राप्त गरेकी छन् ।
काठमाडौं महानगरपालिकाको उपमेयर पदमा कांग्रेसकी हरिप्रभा खड्गी १५८ सहित अगाडी छिन् । राप्रपाका राजाराम श्रेष्ठको १२१, साझा पार्टीकी निरुपमा यादवको ९१ र माओवादी केन्द्रकी सुशीला पौडेलको ११ मत छ ।

ललितपुर महानगरपालिका


ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यन्जनकारले अगाडी छन् । व्यन्जनकारले २ हजार ६२५ मत पाएका छन् । उनलाई कांग्रेसका चिरिबाबु महर्जनले २ हजार १७७ मतसहित पछ्याइरहेका छन् । माओवादीका दिनेश महर्जनले ८४७ मत पाएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा


कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले अघि छ । एमालेका मानबहादुर जीसीले १ हजार ६५, कांग्रेसका रामजी कुँवरले ७६७ मत लिएर पछ्याईरहेका छन् । संघीय समाजवादीका हुमबहादुर तमुको १९६ र राप्रपाको गिता गुरुङको ८१ मत छ ।
उपमेयरमा एमालेकी मन्जु गुरुङको १ हजार ५४, कांग्रेसकी सरस्वती गुरुङको ८४६ मत छ । संघीय समाजवादीकी लक्ष्मी परियारले ९२ र राप्रपाका रमेश खत्रीले ८० मत पाएका छन् ।
भरतपुर महानगरपालिकामा


चितवनको भरतपुर महानगरपालिकामा १ हजार १७५ मत गणना सकिएको छ र यसमा पनि एमाले अघि छ । एमालेका देबी ज्ञवालीले ५३१ र माओवादीकी रेणु दाहालले ४५१ मत पाएकी छन् ।उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी पार्वती शाहको ४५४ मत छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित