FLASH NEWS
  • Loading...

काठमाडौँ महानगरमा एमालेको अग्रता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले)बाट नगर प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा रहनुभएको छ ।

परिणामअनुसार वडा नं १ को ७११ मत गणना भएकोमा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले २०३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, साझा पार्टीका तर्फबाट किशोर थापाले १३३ प्राप्त गरी दोश्रो स्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका राजुराज जोशीले १२८ मत प्राप्त गर्नुभएको छ ।

विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले १०२ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले ११ मत प्राप्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित