FLASH NEWS
  • Loading...

‘बा’को घोर्थली बदल्ने रहर

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १४२ पटक पढिएको
Post Thumbnail


सिन्धुपाल्चोक—जताततै स्थानीय तहको निर्वाचनमा युवा पुस्ताकै नाम अगाडि आ ईरहेको परिपेक्ष्यमा एउटा ८० वर्षिय वृद्ध देश बनाउन तम्सिएका छन् । स्थानीय तहमा निर्वाचित हुने प्रायः सबै गाउँपालिका र नगरपालिकामा युवा पुस्तानै अगाडि आएका छन् सिन्धुपाल्चोकमा वृद्ध आएका छन् ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका १ स्थित घोर्थलीमा नेपाली कांग्रेसबाट ८० बर्षिया वृद्धा कर्णबहादुर खड्काले वडाध्यक्षमा बाजी मारेका छन् । उनले प्रतिस्पर्धी नेकपा माओवादीका उमेद्वार कुमार खत्रीलाई १ सय २८ मतले पछि पार्दै आफ्नो पक्षमा जित निकालेका हुन् । यस्तै, नेकपा एमालेका उमेद्वारले १०२, राप्रपाले २ र नयाँ शक्तिले १ मत मात्र ल्याउँदा आफ्नो वडा समृद्ध बनाउँन लागेको खड्काले बाजि मारेका हुन् ।
विजय जुलुसमा उत्रेको बेलामा कुराकानी गर्दै हर्षित मुद्राम उनले भने –‘म मेरो स्वाश रहेसम्म आफ्नो वडाको विकासमा लागिरहन्छ, मेरो जिवनको अन्तिम मौका हो । यसलाई म सदुपयोग गर्छु ।’ आफ्नो तरुणो जोस उनले देखाए ।
पञ्चायतकालमा घोर्थली गाविसको वडाअध्यक्ष जितेका खड्कामा अझैपनि नेतृत्व गर्नसक्ने क्षमता उत्तिकै छ । खड्का दरिलो रुपमा प्रस्तुत हुर्दै भन्छन्, ‘आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको’ भन्ने नेपाली समाजमा चर्चित उखानको अर्थ पुरा गर्ने उद्घोष गरे ।
उमेरले नेटो काटेको भएपनि वास्तममा उनि त्यति कमजोर छैनन् । समयले उनलाई जिउन सिकायो । राजनीतिमा रुझेको उनी अहिले पनि कांग्रेसीमाज जमेका नेता हुन् ।
सामान्य किसानी गरेर जिवन गुजारा गर्ने खड्काले ठुलो योजना बनाएका छन् । आफ्नो वडालाई समृद्ध बनाउने लक्ष्य लिएका छन् । राजनीति खेती किसानीमा जस्तै उनि समाजसेवामा पनि उत्तिकै सक्रिय देखिए ।
‘खाने मुखलाई जुगाँले छेक्दैन’ आफ्नो गाउँठाउँको विकास गर्न कसैको मुख ताकेर बसेर सम्भावना नहुने उनले बताए । मैले मेरो उमेरको प्रवाह गाउँको विकास गर्नुपर्छ भनेर युवा जमातलाई देखाउँन भनेपनि टुङ्थली लाटुबजार सडकखण्ड जोड्ने मोटरबाटोको अध्यक्ष समेत भएर उनले काम गरे । पैसाको अभावले अहिलेसम्म सो मोटराबाटो बिचमा रोकिएको छ । अब जसरी भएपनि सो मोटरबाटोलाई पुरा गरेर छाड्ने विश्वासमा उनी रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित