FLASH NEWS
  • Loading...

काठमाडौंमा अझै केही दिन वर्षा हुने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४० पटक पढिएको
Post Thumbnail


काठमाडौं—मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकामा अरु समय भन्दा यो समयमा बढी वर्षा भएको छ ।
मौसमी विवरणअनुसार मंग्लबार काठमाडौंमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंको न्यूनतम १७ र अधिकतम तापक्रम २६ डिग्रिसेल्सियस रहेको छ .
पूर्वी उत्तर प्रदेशमा न्यून चापीय प्रणाली बढेको र पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रवेशका कारण काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी पहाडी भेगमा बदलीस“गै वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिएका छन् । उनले भने, ‘पूर्वी उत्तर प्रदेशमा न्यून चापीय प्रणाली बढेको र पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गरे कारण काठमाडौं उपत्यकामा धेरै वर्षा भएको हो ।’
मौसमविद्का अनुसार पूर्वी न्यूनचापीय प्रणालीको प्रभावले खासगरी मध्य र पूर्वी भेगमा बढी असर परेको छ, ती क्षेत्रमा अपराह्न र सा“झ बदलीस“गै वर्षा हुनेछ । उक्त प्रणालीका साथै सतही रूपमा बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको पनि समिश्रणले बदलीस“गै वर्षा गराएको मौसमविद् रिमालले बताए । जसको कारण हाल मध्य र पूर्वी भेगमा वर्षा भईरहेको छ ।
उनले भने, ‘पश्चिमी न्यूनचापीय प्रणाली देशको पश्चिमी भेगबाट प्रवेश गरेका कारण पश्चिमी पहाडी भेगमा दिउ“सो बदली र वर्षा हुने गरिएको छ ।’
वातावरणिय असरका कारण कतिपय अवस्थामा आकाश धुम्म भए पनि पानी पर्दैन भने, कतिपय अवस्थामा एक्कारी पानी पर्ने गरेको छ ।
मौसमविद् रिमालले भने, ‘आज देशका मध्य, पूर्वी र पश्चिमी पहाडी भेगमा वर्षा हुने देखिन्छ, ठूलो पानी पर्दैन, धुम्म हुने अस्थायी प्रकृतिको वर्षा गराउनेछ ।’
काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मौसम बदली रहे पनि हवाई उड्डयनमा कुनै असर नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार धनकुटामा ३७, पोखरामा १४, ताप्लेजुङमा १२ र विराटनगरमा ५ मिलिमिटर वर्षा भएको छ । अहिले भिजिविलिटी चार किलोमिटर रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित