FLASH NEWS
  • Loading...

महिला फुटबलका लागि नेपाली टोलीको घोषणा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । एन्फाले मंगलबार कुमार थापाको प्रशिक्षणमा २० सदस्य नेपाली महिला टोलीको घोषणा गरेको हो ।
नेपाली महिला टोलीले आगामी जेष्ठ ८ र १० गतेका मलेसियासँग उसैको मैदानमा २ अन्तर्राष्ट्रय मैत्रीपूर्ण खेल खेल्दै छ । साउथ इस्ट एसियन खेलका तयारीमा रहेको मलेसियाले त्यसको तयारी स्वरूप नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको । साउथ इस्ट एसियन खेल मलेसियामै अगस्ट १५ देखि ३० सम्म आयोजना ह’दैछ ।
मलेसियासँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले दुई सातायताको प्रशिक्षणबाट २० सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा गत डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा रहेका खेलाडीमध्ये एक खेलाडी मात्र परिवर्तन गरिएको छ ।
प्रशिक्षण कुमार थापाले यस पटक साफ खेलेकी आर्मी क्लबकी दिपा अधिकारीलाई टिममा राखेका छैनन् । तर, चोटका कारण पछिल्लो १ वर्षदेखि टोलीमा नरहेका मिडफिल्डर सजना रानाले टोलीमा पुनरागमन गरेकी छिन । सो खेलमा नेपाली टोलिबाट नमिता कुमारी, दली अन्जली थुम्बा सुब्बा, अन्जना राना मगर, गीता राना, पुनम जर्गा मगर, हिरा कुमारी भुजेल, अन्जली वाईबा, मन माया लिम्बु, कविता धिमाल, सपना लामा, दिपा राई, अनिता बस्नेत, रेनुका नगरकोटी, अन्जली योन्जन, सावित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, निर्मला बिक, सरु लिम्बु र
सजना राना मगर रहेकी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित