FLASH NEWS
  • Loading...

‘मतपत्र ठूलो हुँदा मतगणनामा समस्या

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४१ पटक पढिएको
Post Thumbnail


काठमाडौं—प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्र ठूलो भएको कारण मतगणना कार्यमा ढिलाइ भएको स्वीकारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा डा यादवले थोरै ठाँउमा मतगणना र ठूलो मतपत्र भएकाले मतगणना गर्न कठिनाई उत्पन्न भएको स्वीकार गरे । उनले मतपत्र ठुलो भएको कारण मतपत्र फुकाल्न मात्र पनि समय लागेकोले समय धेरै लागेको बताए । उनले भने, ‘५१×७३ सेन्टीमिटरको मतपत्र हु“दा मतगणना कार्यमा ढिलाइ भएको हो ।’
डा यादवले मतगणना कार्यलाई छिटो गर्नका लागि आवश्यक जनशक्ति खटाइसकिएको बताउँदै अब काठमाडौं महानगरपालिकामा ११ स्थान, ललितपुर महानगरपालिकामा १० र भरतपुर तथा पोखरा महानगरपालिकामा ६÷६ स्थानमा मतगणना गर्न लागिएको बताए । उनले मतगणनालाई छिटो गर्न सो कदम चालिएको जानकारी गराउँदै उनले भने, ‘एक हप्ताभित्रै मतपरिणाम आउनेगरी मतगणना गर्छौं ।’
उनले अहिले २५ जिल्लाको मतगणना भइरहेको जानकारी गराए । ‘धेरै उम्मेदवारलाई एउटै मतपत्रमा मतदान गर्नुपर्ने भएकाले धेरै मत बदर भएको हो’ उनले भने । उनले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन भएको भन्दै दोस्रो चरणको निर्वाचनलाई पनि सहज र सरल तरिकाले सम्पन्न गर्न आयोग लागिपरेको जानकारी गराए । उनले पहिलो चरणको निर्वाचनमा सुरक्षालगायतको क्षेत्रमा केही कमी–कमजोरी भएको भएपनि त्यसलाई सच्याएर दोस्रो चरणको निर्वाचनमा कुनै कमजोरी नहुने विश्वास दिलाए ।
दस्तखत नभएका मतपत्र फेला
काठमाडौं—कीर्तिपुर नगरपालिका २ को मतगणनाका क्रममा मतदान अधिकृतको दस्तखत नभएको १० वटा मतपत्र फेला परेपछि त्यसलाई पुनः गणना गर्ने समझदारी भएको छ ।
सो विषयमा दलहरूबीचमा विवाद भएपछि स्थानीय दलका प्रतिनिधिले छलफल गरी सो वडाको मतगणना पुनः गर्ने समझदारी कायम गरिएको हो ।
मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले वडा नं २ को गणनाका क्रममा मतदान अधिकृतको दस्तखत नहुनु आफ्नो कर्मचारीबाट त्रुटी भएको स्वीकार्दै त्यस क्षेत्रको मतगणना पुनः गरिने गरी अहिले वडा नं ३ र ४ को गणना गरिएको जानकारी दिए ।
कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवारको प्रतिस्पर्धा छ ।
यसैबीच वडा नं १ मा एमालेको समूह विजयी भएको छ । वडा अध्यक्ष पदमा नेकपा (एमाले) का हर्ष महर्जनले ८०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हीरालाल महर्जनले ६५९ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका क्रमशः सुमन पोखरेल, धनबहादुर महर्जन र सुनिता महर्जन निर्वाचित भएको छ । सो वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित