FLASH NEWS
  • Loading...

पुने आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– दशौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राइजिङ पुने सुपरजायन्ट्स प्रवेश गरेको छ ।
मंगलबार राति भएको पहिलो क्वालिफायरमा मुम्बईलाई २० रनले पराजित गर्दै पुने उपाधि नजिक पुगेको हो ।
मुम्बईको वान्खाडे क्रिकेट स्टेडियम पुनेले दिएको १६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोलि मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । जितपछि पुने सिधै फाइनलमा पुगेको छ भने मुम्बईलाई फाइनल पुग्नको लागि एलिमिनेटरको बिजेतास“ग दोस्रो क्वालिफायर खेल्नु पर्ने भएको छ । एलिमिनेटरमा साबिकको बिजेता सनराइजर्स हैदराबाद र कोलकत्ता नाइट् राइडर्सबीच खेल हुने छ । बिजेताले दोस्रो क्वालिफायरमा मुम्बईसग प्रतिस्पर्धा गर्ने छन् ।
पुनेले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा मुम्बईका लागि पार्थिव पटेलले ५२ रनको अर्धशतकीय पारी खेलेपनि जित दिलाउन सकेनन् । त्यस्तै मुम्बईका लागि जस्प्रित ब्रुम्हाले अविजित १६ तथा कुर्नेल पाण्डेले १४ रन बनाए । पुनेका वासिंगटन सुन्दर र शार्दुल ठाकुरले समान ३–३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । पुनेका लागि मनोज तिवारीले ५८ तथा अजिन्का रहानेले ५६ रनको अर्धसतकीय पारी खेले । त्यस्तै महेन्द्र सिंह धोनीले अविजित ४० रनको योगदान दिए । मुम्बईका लाथिस मलिंगा, मिथेल म्याक्लेनघन र करण शर्माले समान एक एक विकेट लिए ।
जारी सिजनमा निकै लयात्मक प्रदर्शन गरेको मुम्बईले १० खेलमा जित ४ खेलमा पराजय व्यहोर्दै लिगको शीर्ष स्थानमा रहदै प्ले अफमा स्थान बनाएको थियो । यस्तै सुरुवाती खेल गुमाएपनि उत्कृष्ट कमब्याक गरेको पुने ९ जित ५ खेल गुमाएर लिगको दोस्रो स्थानमा रहदै प्ले अफमा मुम्बईसँगको भेट पक्का गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित