FLASH NEWS
  • Loading...

आधिखोला गाउँपालिकामा एमाले विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४७ पटक पढिएको
Post Thumbnail


हिमलाल पराजुली
स्याङ्जा, ४ जेठ– स्याङ्जाको आधिखोला गाउँपालिकामा अध्यक्षसहित ३२ सिटमा एमाले विजयी भएको छ । गाउँ पालिकाको प्रमुखमा एमाले जिल्ला सचिव सुधीरकुमार पौडेल विजयी भएका छन् ।
गाउँ पालिकाको प्रमुखमा निर्वा्चित भएपछि सचिव पौडेलले एमालेलाई मत दिनेहरु प्रति आधार व्यक्त गर्दै समग्र विकासमा सक्रिय हुने बताएका छन् ।
स्याङ्जाका अन्य विभिन्न गाउँ पालिकामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । हरिनास गाउँपालिकाको प्रमुखमा एमाले उमेद्वार खिमारायण मानन्धर निर्वा्चित भएका छन् । उपप्रमुखमा धनमाया पराजुली विजयी भएकी छन् । गाउँ पालिकाको वडा नम्बर २,३,४,५र ७ एमालले जितेको छ । नम्बर १ र ६ नम्बर वडा नेपाली कांग्रेसले जितेको छ ।
पुतलीबजार नगरपालिका ३, ४, ७ र ८ नम्बर वडाको सबै स्थान एमालेले जितेको छ । त्यस्तै भिरकोट नगरपालिकाको वडा नम्बर २,३ र ५ पनि एमाले विजय भएको छ । कालीगण्डकी गाउँपालिकामा वडा न १ एमालेको प्यानल निर्वा्चित भएको छ । गल्याङ नगरपालिकामा वडा नम्बर १, २ र ४ प्एमालेको पोल्टामा गएको छ । चापाकोट नगरपालिकामा वडा न ७ एमालेको प्यानलै विजयी भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित