FLASH NEWS
- Loading...
कतारमा नेपालीको मृत्यु
- गोल्डेन खबर
- ६ साल अघि
- १५ पटक पढिएको

काठमाडौँ, ५ जेठ । कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ ।
मृत्यु हुनेमा रुपन्देहीका चिनक मल्लाह रहेको छ । सो दुर्घटनामा परी दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एव्म अनलाइन मिडिया संस्करणहरुमा भ्रामक एवम् तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस