FLASH NEWS
  • Loading...

कमलामाईमा एमाले विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४१ पटक पढिएको
Post Thumbnail

सिन्धुली, ५ जेठ । कमलामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः नेकपा (एमाले)का खड्गबहादुर खत्री तथा मञ्जु देवकोटाले विजयी भएका छन् ।

एघार हजार एक सय ५२ मत ल्याई खत्री प्रमुखमा र नौ हजार नौ सय २१ मत ल्याई देवकोटा उपप्रमुख पदमा विजयी भएका हुन् ।

खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र पोख्रेलले आठ हजार तीन सय ८८ र देवकोटाको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै सुशीला थिङले नौ हजार पाँच सय २३ मत प्राप्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित