FLASH NEWS
  • Loading...

त्रिपुरासुन्दरीमा एमाले विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail

धादिङ, ५ जेठ । बेनिघाट रोराङ गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का हरि डल्लाकोटी छ हजार ४१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गिरिराज कँडेलले पाँच हजार २५५ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले पाँच हजार ३०२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मायादेवी शर्माले पाँच हजार २७७ मत ल्याउनुभएको छ ।

यसैगरी उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एमालेका शम्भुकुमार थापा चार हजार ७० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वासु तिमल्सिनाले तीन हजार ९६१ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा काँग्रेसका देवीकुमारी पाण्डे बुर्लाकोटी तीन हजार ९९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णमाया थापाले तीन हजार ८९६ मत प्राप्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित