FLASH NEWS
  • Loading...

सिलवालका मुद्दामा जेठ ११ गते सुनुवाइ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४३ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, ५ जेठ । सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ यही जेठ ११ गतेका लागि पेसी तोकेको छ ।

सात सदस्यीय न्यायाधीशमा देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचीमा आज तय भए पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीश श्रेष्ठ प्रहरी नायब महानिरीक्षक सिलवालबीच नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको र यही जेठ ११ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सिलवालले मन्त्रिपरिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

यसअघि गत वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकामा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि मुद्दा प्रभावित भई सनुुवाइ हुन सकेको थिएन । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित