FLASH NEWS
  • Loading...

उम्मेदवारका आकाङ्क्षीलाई निर्वाचन शिक्षा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail

धनगढी, ५ जेठ । यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मतपत्र बदर देखिएको परिप्रेक्ष्यमा मतदातामाझ मतदाता शिक्षाबारे चेतना अभिवृद्धि गराउने र उम्मेदवारको काम, कर्तव्य, अधिकार, निर्वाचन आचारसंहितालगायत विषयमा प्रशिक्षित गराउन उम्मेदवारका आकाङ्क्षीलाई प्रशिक्षण दिन थालिएको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बताउनुभयो ।

यसै क्रममा यहाँ बिहीबार आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारीले निर्वाचन आचारसंहिता, निर्वाचन कानुन, मतपत्र बदर हुने÷नहुने अवस्थालगायत विषयमा प्रकाश पार्नुभएको थियो । सहभागीलाई प्रशिक्षक महेश दाहालले प्रशिक्षण दिइरहनुभएको छ ।

यसैबीच, दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फवाट स्थानीय तहमा उठाउने उम्मेदवारका टुङ्गो वैशाखमा नै लगाइसकेको छ ।

यस्तै, नेकपा (एमाले)ले कैलालीको धनगढी उपमहानगरबाहेकका स्थानीय तहमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । नेपाली काँग्रेस, राप्रपालगायत अन्य दलले अहिलेसम्म उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेका छैनन् ।

आगामी केही दिनभित्र उम्मेदवारको टुङ्गो लगाउने गरी तयारी गरिएको काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताउनुभयो । निर्वाचनको तयारीका क्रममा विभिन्न दलका नेता तथा कार्याकर्ताले आफ्नो पक्षमा माहोल बनाउन चुनावी सभा तथा भेला गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन पहिलो चरणमा तीनवटा प्रदेशमा वैशाख ३१ गते सम्पन्न भएकोमा आगामी जेठ ३१ गते बाँकि चारवटा प्रदेशमा हुन लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित