FLASH NEWS
  • Loading...

बानियाँटार दुर्घटनामा मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ ६ जेठ । आज बिहान स्थानीय बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आउनुभएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो ।

उहाँलाई बा २ ख ५७३० नंको मिनीट्रकले ठक्कर दिएको स्थानीयवासी मधुसूदन ढकालले राससलाई जानकारी दिनुभयो । ढकालका अनुसार ट्रक र चालकलाई अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रमा लिएको छ । घटनाको विरोधमा अहिले बानियाँटार क्षेत्रमा चल्ने सवारीसाधनलाई समेत चल्न रोक लगाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित