FLASH NEWS
  • Loading...

सूर्यविनायकमा एमाले विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४५ पटक पढिएको
Post Thumbnail

भक्तपुर, ६ जेठ । सूर्यविनायक नगरपालिका–७ मा नेकपा(एमाले)का उम्मेदवारको समूह नै विजयी भएको छ ।
वडा नं ७ मा वडाध्यक्षसहित सदस्यमा एमालेका रवीन्द्र सापकोटाको पूरै समूह विजयी भएको हो । वडाध्यक्षमा एमालेका सापकोटाले एक हजार पाँच सय ३४ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णभक्त खत्रीले सात सय ६९ र राप्रपाका धर्मराज थापाले ३३७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार तथा खुला सदस्यद्वयमा कृष्णजित माकजु र अर्जुन खतिवडा विजयी हुनुभएको छ ।

आज बिहानसम्ममा सूर्यविनायक नगरपालिका प्रमुखमा काँग्रेसका विष्णुराज कार्की आठ हजार एक सय ७६ र उपप्रमुखमा एमालेकी जुना बस्नेत आठ हजार नौ सय १७ मतले अग्रस्थानमा हुनुहुन्छ । प्रमुखमा एमालेका उम्मेदवार वासुदेव थापाले सात हजार नौ सय ७५ र उपप्रमुखमा काँग्रेसकी कल्पना राजथलाले छ हजार नौ सय १७ मत ल्याउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित