FLASH NEWS
  • Loading...

४० हजार मतगणना, एमाले अगाडि

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौँ, ६ जेठ । राति अबेसम्मको मत परिणामानुसार कामपामा नेकपा (एमाले) नै अगाडि रहेको छ ।

महानगरपालिका प्रमुखमा नेकपा(एमाले)का विद्यासुन्दरसुन्दर शाक्य १२ हजार नौ सय ८२ मत ल्याएर अगाडि हुुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार नौ सय १२, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले पाँच हजार एक सय ८९ र साझा पार्टीका किशोर थापाले तीन हजार ६२ मत प्राप्त गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले भने एक हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार पाँच सय १० र राप्रपाका राजाराम श्रेष्ठले छ हजार छ सय ५१ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म कामपामा लगभग ४० हजार मतगणना भएको प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । मतगणना १, २, २७ र २८ वडाको सम्पन्न भएको र १३ स्थानको जारी रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित