FLASH NEWS
  • Loading...

भक्तपुरमा प्रजापति विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


भक्तपुर, ६ जेठ । भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी हुनुभएको छ ।

आज राति १० बजे सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्घन्द्घी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले छ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशीले २५ हजार ६५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गर्नुभएको छ ।

जोशीका निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी गङ्गालक्ष्मी अवालले छ हजार ५६० र एमालेकी कृष्णमाया त्वायनावासुले छ हजार ५८७ मत प्राप्त गर्नुभएको थियो ।
विगतमा नेमकिपाका केन्द्रीय सचिव, सांसद हुँदै प्रजापति अहिले नगर प्रमुखमा विजयी हुनु भएको छ । ख्पव इन्जिनियरिङ कलेजको उपप्राचार्यबाट राजीनामा दिएर आउनु भएकी जोशी उपप्रमुख हुनुभएको छ ।

त्यसैगरी वडा नं. १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखा दुई हजार ११३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका कृष्णकुमार सुवालले ४३२ र एमालेका पुण्यराम घटुवले ३५० मत प्राप्त गर्नुभएको छ । नेमकिपाबाट वडाका महिला सदस्यमा २०४६ सालको जनआन्दोलनको सहिद पुष्परत्न शाक्यकी श्रीमती विजयलक्ष्मी शाक्य तथा अन्यमा ज्ञानकुमार मगजू र जितेन्द्र मुनकर्मी विजयी हुनुभएको छ ।

नगरपालिकामा १० वटै वडामा नेमकिपाले विजय हासिल गरेको छ । कुल ५२ हजार ९३० मतदाता रहेको नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित