FLASH NEWS
  • Loading...

स्याङ्जाका सातवटामा एमाले, चारवटामा काँग्रेस विजयी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail

वालिङ, ६ जेठ । स्याङ्जाका एघार वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमाले र चारवटामा नेपाली काँग्रेस विजयी भएका छन् ।

एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगण्डकी गाउँपालिकामा विजय प्राप्त गरेका छन् भने काँग्रेसले वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजय प्राप्त गरेका छन् ।

एमालेबाट पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा एमालेकै महेश पुरी तथा गल्याङ नगरपालिकाको प्रमुखमा एमालेकै भुपराज अधिकारी र उपप्रमुखमा सोहि पार्टीका देवी थापा विजयी भएका छन् ।

त्यस्तै एमालेबाट आँधीखोला गाउँपालिकाको अध्यक्षमा सुधीरकुमार पौडेल, उपाध्यक्षमा शर्मिला पौडेल, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा देवी थापा, हरिनाशको अध्यक्षमा खिमनारायण मानन्धर र उपाध्यक्षमा झनिमाया पराजुली, बिरुवाको अध्यक्षमा चुनप्रसाद शर्मा र उपाध्यक्षमा देवीकुमारी थापा, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्षमा सावित्रा कोइराला तथा अर्जुनचौपारीको उपाध्यक्षमा चीनमाया गुरुङ विजयी हुनुभएको छ ।

काँग्रेसबाट वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण र उपप्रमुखमा कल्पना तिवारी, भीरकोट नगरपालिकाको प्रमुखमा छायाराम खनाल र उपप्रमुखमा सीमा कर्माचार्य क्षेत्री तथा चापाकोट नगरपालिकाको प्रमुखमा शिवकुमार गिरी र उपप्रमुखमा विमला श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै काँग्रेसवाटै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा दीर्घनारायण अर्याल विजयी हुनुभएको छ ।

एघारवटा स्थानीय तह तथा ९७ वटा वडा रहेको स्याङ्जामा नेकपा एमालेले नगरपालिका तथा गाउँपालिकाको प्रमुख÷अध्यक्षमा सात, उपाध्यक्षमा आठ र वडाध्यक्षमा ५७ मा विजयी भएको छ । नेपाली काँग्रेस प्रमुख÷अध्यक्ष चार, उपाध्यक्ष तीन र वडाध्यक्ष ३९ मा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र एउटा वडामा विजयी भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित