FLASH NEWS
  • Loading...

पहिलो चरणको निर्वाचन नै दोस्रो चरणको आधार हो ः प्रधानमन्त्री प्रचण्ड

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail


काठमाडौं—स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि नेपाली जनताले पहिलो चरणजस्तै मधेस, पहाड र हिमालको उत्साहपूर्वक व्यापक जनताको सहभागितामा हुने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास लिएका छन् ।
नेपाल टेलिभिजनको ‘प्रधानमन्त्रीस“ग सिधा कुरा’ कार्यक्रममा उनले पहिलो चरणको निर्वाचनमा शान्तिपूूर्ण रुपमा उत्साहपूर्ण तवरले सम्पन्न भएकामा आफूलाई गौरव महसुस भएको बताउँदै सो विश्वास लिएका हुन् ।
पहिलो चरणको निर्वाचनले दोस्रो चरणको निर्वाचनका लागि आधार तयार गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा पनि कुनै शंका नगर्न अनुरोध गरे ।
उनले आफ्नो पार्टीलाई जनताले दिएका मत सन्तोषजनक भएकोसमेत बताए । उनले भने, ‘मेरो पार्टीले जित्नुभन्दा पनि राष्ट्र र जनताले जितेको छ, यसमा मलाई गर्व छ ।’ प्रधानमन्त्रीले प्रदेश र केन्द्रसम्मको निर्वाचन हुँदा जनताले आँनो पार्टीलाई जिताउने विश्वास व्यक्त गरे । बजेट ल्याउने र संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा मधेस केन्द्रित दलका नेतासँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उनले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलको सहकार्य आवश्यक भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित