FLASH NEWS
  • Loading...

जिप दुर्घटनामा १४ जना घाइते

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

बैतडी, ९ जेठ । बैतडीको दशरथचन्द राजमार्गमा सोमबार साँझ जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते हुनेमा बैतडीको सुर्नया गाउँपालिका–८ सिखरपुरका ३२ वर्षीय धनीराम लुहार, सोही ठाउँका २२ वर्षीय इन्द्रराम लोहार र बल्देव विक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली रिफर गरिएको उहाँले बताउनुभयो । अन्य घाइतेको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ ।

बैतडीको खोडपेबाट सदरमुकाम गोठलापानीका लागि छुटेको से १ ज २४५ नम्बरको जिप सोमबार साँझ ७ बजे दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ छेला नजिक दुर्घटनामा परेकोे हो ।

जिप चालक दशरथचन्द नगरपालिका–२ का आनन्द बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकवाट २० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित