FLASH NEWS
  • Loading...

‘स्थानीय तहको संख्या थप्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११५ पटक पढिएको
Post Thumbnail


काठमाडौं—सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार कामचलाउ सरकार भैसकेकोले बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने स्पष्ट पारेका छन् । यद्धपी उनले संविधानले पूर्ण बजेट ल्याउनबाट भने बञ्चित नगरेको बताए ।
नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले निर्वाचन आचारसंहिताका कारण पनि बजेट कामचलाउमात्रै ल्याउनुपर्ने बताएका हुन् । उनले भने,‘निर्वाचन आचारसंहिताका कारण पनि नीति तथा कार्यक्रम बाँधिएको छ, अहिले भएका कार्यक्रमहरुलाई निरन्तरता दिने हो, भएका कार्यक्रमहरुलाई कार्यान्वयन गर्नेतिर जोड दिनुपर्छ ।’
नेता महतले उनले अप्ठ्याराहरुलाई सुधार गर्ने र विगतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई निरन्तरता दिनेगरि काम चलाउ बजेट ल्याउनुपर्ने बताए । महतले अर्को सरकार बनेपछि आवश्यकता अनुसार पूरक बजेट ल्याउन सक्ने जनाए ।
पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले यो पटकको बजेटमा भुकम्पपछिको पूर्नःनिर्माणमा भने विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘पूर्ननिर्माणको काम ढिला भयो, सरकारले पूर्ननिर्माण प्राधिकरणलाई हस्तक्षेप भयो, सरकारले अब प्राधिकरणको हात खुकुलो पारिदिनुपर्छ ।’ नेता महतले सरकारले ल्याउने काम चलाउ बजेटमा नया“ कर लगाउन नसक्ने समेत स्पष्ट पारे ।
त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसस“ग भएको भद्र सहमति अनुसार आज र भोलिमै राजिनामा दिने समेत विश्वास दिलाए । महतले भने, ‘उहा“ले राजिनामा दिनुहुन्छ, हुन त चैत्र मसान्तभित्रै राजिनामा दिने कुरा थियो, तर पहिलो चरणको निर्वाचन बैशाख ३१ गते भएकोले बैशाख मसान्तभित्रै राजिनामा दिने कुरा थियो, अहिले ४ गते दिने भनियो, फेरि ८ गते भनिएको थियो, तर अहिले किन ढिला भैरहेको छ, मैले बुझेको छैन ?’
महतले प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार निर्माणको लागि मार्गप्रशस्त गर्न अब ढिलाई गर्न नहुने सुझाव दिए । उनले भने, ‘भोलि र पर्सीसम्ममा राजिनामा आउँछ हो, उहाँहरुको पनि अहिले त्यही निर्णय भएको सुन्नमा आएको छ ।’ उनले जे गर्ने हो त्यो निर्णय चा“डो गर्नुपर्ने धारणा राखे ।
महतले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस हारेको भनेर गलत प्रचार गरिएको समेत दाबी गरे । उनले भने, ‘कांग्रेस हारेको होईन, निर्वाचन परिणाम चाहीँ
हामीले अपेक्षा गरे अनुसार आएन्, संसदको हैसियत भन्दा यो स्थानीय तहको निर्वाचनमा हाम्रो हैसियत केही राम्रो हुने हामीले आंकलन गरेका थियौं, तर त्यो पूरा भएन ।’ नेता महतले कांग्रेसले सोचे अनुसार स्थानीय तहको निर्वाचनमा परिणाम ल्याउन नसक्नुमा केही गम्भिर भूलहरु भएको समेत टिप्पणी गरे । उनका अनुसार निर्वाचनमा सोचेअनुसार सिट जित्न नसक्नुमा राजदुत नियुक्तीमा विवाद, नेपाल प्रहरीको आईजीपी नियुक्तीमा पनि विवाद, सर्वोच्च अदालतमा विवाद र चितवन कांग्रेसको उम्मेद्धवारी फिर्ता लिनु लगायत रहेका छन् ।
उनले पार्टी नेतृत्वका यस्ता क्रियाकलापहरुबाट रुष्ट बनेका तमाम कार्यकर्ताहरुले पनि यो पटकको निर्वाचनमा मत नहालेको स्पष्ट पारे । उनले भने,‘कांग्रेसको लिवरल भोट आएन, त्यसैले हामी शहरी क्षेत्रमा पनि पछाडि पर्यौं ।’
त्यस्तै उनले पार्टीले निर्वाचनको मुखैमा आएर उम्मेद्धवार सिफारिश गर्नुपनि निर्वाचनमा सोचे अनुसार परिणाम ल्याउन नसक्नु अर्को कारण भएको बताए । उनले भने,‘निर्वाचनमा थुप्रै अन्र्तघातका घट्नाहरु घटेका छन्, कतिपय ठाउँमा स्वतन्त्र उठेर मत काटेका छन्, यस्ता थुप्रै कारणले गर्दा हामीले सोचे अनुसार नतिजा ल्याउन सकेनौं ।’
महतले व्यवस्थापिका–संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई छिटोभन्दा छिटो टुँगोमा पुर्याउनुपर्ने बताए । उनले भने, ‘संशोधन प्रस्तावलाई अब यतिकै लिङ्गरिक गरेर राख्नुहुँदैन्, संशोधन प्रस्तावलाई चाँडो भन्दा चाँडो टुँगो लगाउनुपर्छ ।’ उनले संशोधन प्रस्तावलाई जतिसक्दो चाँडो भोटिङ्बाट टुँगो लगाउनुपर्ने जिकिर गरे । महतले थपे, ‘रिजल्ट जे आएपनि त्यसलाई सबैले मान्नुपर्छ, सकेसम्म यो संशोधन प्रस्ताव पारित गर्नुपर्छ, यदि पारित गर्न सकिएन भनेपनि संसदले दिएको नतिजालाई स्विकार्नुपर्छ ।’
त्यस्तै महतले निर्वाचनको मुखमा स्थानीय तहको संख्या वृद्धि गर्नुपनि गलत हुने भन्दै त्यतातिर नअल्झिन सरकारलाई आग्रह गरे । उनले भने, ‘निर्वाचनको मुखमा आएर स्थानीय तहको संख्या बढाउनुपनि आचारसंहिता विपरित हो, संख्या थप्नु उचित हुँदैन् ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित