FLASH NEWS
  • Loading...

निर्वाचनको मितिको विकल्प नखोज्न आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail


काठमाडौं– निर्वाचनको मितिको विकल्प नखोज्न निर्वाचन आयोगले आग्रह गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवास“ग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगका पदाधिकारीले उक्त आग्रह गरेका हुन् ।
तोकिएकै मितिमा दोस्रो चरणको निर्वाचन हुने हुनाले सरकारले अरु विकल्प खोज्न नहुने धारणा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको अवस्थामा दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोजी ३१ जेठ मै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पु¥याउन सरकारस“ग आग्रह गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भएको हु“दा स्थानीय तहको दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पबारे सुझाव दिन आयोगका पदाधिकारीस“ग आग्रहसमेत गरेका छन् । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा.यादवले जेठ ३१ गते सम्पन्न हुने प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी सम्पूर्ण निर्वाचन सामग्री जिल्लामा पु¥याइसकिएको, ६ जेठदेखि सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भइरहेको जानकारी गराए ।
निर्वाचन अधिकृतलाई जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकिएको स्पष्ट गराउ“दै आयोगले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको जानकारी गराएका छ । दोस्रो चरणको निर्वाचन ३१ जेठमा गर्न सरकारबाट आएको अनुरोधलाई आयोगले स्वीकार गरी तयारी अन्तिम चरणमा पु¥याइसकेको बताउ“दै आयोग पदाधिकारीले १९ जेठमा उम्मेदवारको मनोनयन दर्ता हुनेगरी निर्वाचन कार्यक्रम घोषणा भइसकेको जानकारी गराए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित