FLASH NEWS
  • Loading...

पार्टी कार्यालयमा तालाबन्दी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४८ पटक पढिएको
Post Thumbnail

कैलाली, ११ जेठ । नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–१ बाट अध्यक्षका आकाङ्क्षी उम्मेदवार कृष्णबहादुर कुँवरको नेतृत्वमा वडा नं ५ बाट वडाध्यक्षका आकाङ्क्षी उम्मेदवार टेकराज ओझा, वडा नं १ का पूर्वाध्यक्ष कृष्णबहादुर मल्ललगायत युवाले तालाबन्दी गरेका हुन् । समानुपातिक र निष्पक्ष रुपमा टिकट वितरण नगरिएसम्म तालाबन्दी यथावत् राख्ने असुन्तष्ट पक्षले चेतावनी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित