FLASH NEWS
  • Loading...

तेह्र हजार जनप्रतिनिधि निर्वाचित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, ११ जेठ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्मको मत परिणामानुसार १२ हजार ९६४ प्रतिनिधि निर्वाचित भएका छन् ।

संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार हालसम्म २८३ स्थानीय तहमध्ये २७८ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी प्रेस विज्ञप्ति उल्लेख छ ।

पछिल्लो विवरणानुसार नगर प्रमुख वा अध्यक्ष २७८, उपाध्यक्ष÷उपप्रमुख २७८, वडाध्यक्ष दुई हजार ५१३, वडा सदस्य पाँच हजार २०, महिला सदस्य दुई हजार ५०८ र दलित महिला सदस्य दुई हजार ३६७ जना निर्वाचित भएको आयोगले जनाएको छ । अब पाँच स्थानीय तहको विवरण आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित