FLASH NEWS
  • Loading...

प्रधानमन्त्री कप क्रिकेट ः नेपाल पुलिस क्लब विजयी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, ११ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर ब्याटिङ गरेर पूर्वाञ्चल ३७ दशमलव एक ओभरमा १०४ रन बनाउँदै अलआउट भयो । एक सय ५ रनको विजय लक्ष्य पुलिस क्लबले १७ दशमलव एक ओभरमा एक विकेट गुमाउँदै भेट्टायो ।

पुलिसका लागि सुनिल धमालाले अर्धसतक प्रहार गरे । उनले ४९ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाए । त्यस्तै दीलिप नाथले ३६ तथा अमित श्रेष्ठले सात रन जोडे ।

बलिङतर्फ पूर्वाञ्चलका सिद्वान्त लोहनीले तीन विकेट लिए । त्यसैगरी ललित भण्डारी र सुशील कँडेलले समान दुई–दुई विकेट लिए भने कुशल भुर्तेल र मन्जीत श्रेष्ठले एक–एक विकेट लिए ।

त्यसअघि पूर्वाञ्चलका लागि मेहबुब आलमले ४० तथा अमल दासले १३ रन बनाए । आजको खेलका उत्कष्ट खेलाडी पुलिस क्लबका सुनिल धमाला घोषित भए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित