FLASH NEWS
  • Loading...

नयाँ रेकर्डको साथ महानगरमा विद्यासुन्दर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


काठमाडौं—काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले नयाँ रेकर्ड बनाउने पक्का भएको छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार, शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा करिब १८ हजार मतले अगाडि छन् । काठमाडौं महानगरपालिकाको १० हजार मत गन्न बाँकी रहँदा एमाले उम्मेदवार शाक्य विजयी भईसकेका छन् । तर पनि गणना भईरहेका छन् ।
तेस्रो स्थानमा पछ्याइरहेकी विवेकशील नेपाली दलकी रन्जु दर्शनाको मत २२ हजार ३०७ पुगेको छ । त्यस्तै साझा पार्टीका किशोर थापाले १७ हजार ४७३ मत पुर्याएका छन् भने माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले ७३३५ मत पाएका छन् ।
१ लाख ८६ हजार ८३२ मत गनिसक्दा एमालेका शाक्यले ६१ हजार ४२८ मत पाएका छन् भने कांग्रेसका जोशीले ४३ हजार ४६१ मत पाएका छन् । शाक्यले अहिलेसम्मकै रेकर्ड तोड्दै आफ्नो वडाबाट दुई तिहाई भन्दा बढी मत प्राप्त गरेका छन् । शाक्यको २१ नम्बर वडाबाट कुल ३८ सय मत मध्ये उनले ३२ सय ८७ मत प्राप्त गरेका छन् । यो कुल मतको करीव ८७ प्रतिशत हो ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीको जित सुनिश्चित भइसकेको छ । १० हजार मत गन्न बाँकी हुँदा उनले एमाले समर्थित राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई २२ हजार भन्दा बढी मतान्तरले पछि पारेकी छन् ।

खड्गीले ५५ हजार ८४५ मत प्राप्त गरेकी छन् भने राजारामले ३३ हजार ९९ मत पाएका छन् । तेस्रो स्थानमा साझा पार्टीकी निरुपमा यादवले १० हजार ९४५ मत पाएकी छन् भने माओवादी उम्मेदवार सुशीला पौडेलको ९६७२ मत छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित