FLASH NEWS
  • Loading...

चुनाव सार्ने प्रमुख दलको तयारी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


काठमाडौं–यहि जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन केही दिन सार्ने मनस्थितीमा दलहरु लागेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले चुनावमा भाग नलिने र चुनाव विथोल्ने धम्की दिएपछि चुनावको मिति सारेर भएपनि आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी गराउन प्रमुख दलहरु सहमति भएका हुन् ।
यसो गर्दा भने राजपाले चुनावमा सहभागिता हुने संकेत दिएको छ । तर, प्रतिवद्धता अझ पनि जनाएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा सत्तारुढ कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, प्रमुख विपक्षी एमाले र राजपाका नेताहरु आइतबार सहभागी भई चुनावको बारेमा छलफल गरेका थिए ।
सत्तारुढ दलका एक नेताका अनुसार चुनावको मिति केही दिन सार्ने लगभग समझदारी जुटेको छ ।
प्रमुख विपक्षी दल एमालेका नेताहरु पनि यसमा सकारात्मक देखिएका छन् । एमाले अध्यक्ष केपी ओली चुनाव सार्ने प्रस्तावको विपक्षमा छन् । तर, माधवकुमार नेपालसहितका नेताहरु राजपा चुनावा आउँछ भने मिति सार्न सकारात्मक छन् ।
चुनाव असार ७ वा ८ गतेलाई सार्ने सम्भावना छ । यसबारे सोमबार प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग परामर्श गरेपछि औपचारिक निर्णय हुनेछ ।

राजपालाई चुनावमा सहभागी गराउन फास्ट ट्रयाकबाट ऐन संशोधन गर्ने र उम्मेदवारलाई आधिकारिता प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर बुझाउने समय दिने सहमति भएको छ । स्रोतका अनुसार यो प्रक्रिया सोमबार नै अघि बढ्नेछ ।
चुनावको मिति सारेपछि राजपा पनि चुनावमा सहभागी हुने प्रमुख दलहरुको विश्वास छ ।
बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा राजापाले संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धिमा नै जोड दिएका छन् । सर्वोच्चको आन्तरिम आदेश भ्याकेन्ट गराएर भएपनि संख्या बढाउनु पर्ने उनीहरुको माग छ । राजपाका नेताहरुले चुनावको मिति सारेपछि चुनावमा आउने ठोस प्रतिवद्धता जनाएका छैनन् । उनीहरुले ‘वातावरण बनाउनुस् मात्र भनेका छन् । तर, सकारात्मक देखिएका छन् ।’ बैठकका सहभागीले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित