FLASH NEWS
  • Loading...

पाँच वर्षमा पनि ‘गणतन्त्र स्मारक’ निर्माण सकिएन्

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १५ जेठ । नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन ।

सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर (विकोइ विल्डर्स’ प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि)लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिइए पनि पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्य नसकिएको हो ।

पैतीस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारकका लागि सुरुमा सरकारले रु ३५ करोड छुट्याए पनि खर्च अपुग भएका कारण पछि थप रु पाँच करोड थपिदिएको थियो ।

कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले सरकारले निर्णय गरेर काम अगाडि बढाउन जिम्मा दिए पनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “काम अन्तिम चरणमा पुगेको छ, स्मारकमा राख्न हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने नेपालको नक्सा नआइसकेकाले काम ढिला भएको छ ।”

स्मारकभित्र द्वन्द्वकालमा मारिएका सहिद, राज्यबाट बेपत्ता पारिएका, घाइते भएका र हराएका व्यक्तिको सम्झनामा छुट्टाछुट्टै स्तम्भ निर्माण गरिएको छ ।

स्मारक निर्माण गर्न सुरुको दिनमा दैनिक १५० कामदारले काम गरे पनि पछिल्लो समय ५० जनाले मात्र काम गर्दै आइरहेका छन् । निर्देशक श्रेष्ठले गणतन्त्र दिवसको दिनमा उद्घाटन गर्ने कार्यक्रम राखे पनि नेपालको नक्सा नबनेकाले केही महिना ढिला भएको स्पष्ट पार्नुभयो । उहाँले अब चाँडै नै उद्घाटन हुने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित