FLASH NEWS
  • Loading...

भरतपुर घटना छानविन टोलीले आज प्रतिवेदन बुझाउने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

चितवन— निर्वाचन आयोगले गठन गरेको छानबिन टोलीले बुधबार निर्वाचन आयोगलाई दिने प्रतिवेदनको आधारमा आयोगले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्ने वा मतगणना सुरु गर्ने विषयमा निर्णय लिने भएको छ ।
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले गठन गरेको छानबिन टोलीले मंगलबार बिहानैदेखि जिल्लाका राजनीतिक दलका प्रमुखसँग छुट्टाछुट्टै भेट गरी घटनाको बारेमा जानकारी लिएको छ । आयोगले दलका प्रमुखसँगको छलफलपछि मंगलबार घटनास्थलकोसमेत स्थलगत अध्ययन गरेको छ ।
आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो । सोमबार टोली गठन गरी काम थालेको सो टोलीले मंगलबार बिहान नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा र नयाँ शक्तिका जिल्ला अध्यक्षसँग छलफल गरिसकेको छ ।
सत्यतथ्य पत्ता लगाउन मजदुर किसानपार्टी, नेकपा (माले) लगायतका साना दलका प्रमुखसँग पनि पालैपालो छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठकाअनुसार टोलीले घटनाका सम्बन्धमा प्रत्यक्ष्यदर्शीसँग भएका व्यहोरा बताउन भनेको थियो । साथै सो घटनालाई सहजीकरण गर्ने सम्बन्धमा पनि जानकारी लिएको उनले बताए ।
पुन मतदानको माग भईरहेको अवस्थामा एमालेका जिल्लाध्यक्ष कृष्णभक्त पोख्रेलले विगतका नजिर बिग्रनेगरी पुनः मतदान गर्नुभन्दा सबै मतपत्र संकलन गरी मतगणना गर्न सुझाव दिए ।
टोलीका पदाधिकारीसहित प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश केसी, भरतपुरस्थित श्री दि फेमस महेन्द्रदल गणका गणपति सुरेन्द्र सापकोटा, आयोगको टोलीमा आएका सहजकर्ता उपसचिव कृष्ण अधिकारीसहितको रोहवरमा दलका प्रतिनिधिसँग पालैपालो घटनाका विषयमा जानकारी लिन छलफल भइरहेको छ ।
आयोगले सोमबार टोली गठन गरेसँगै तत्काल टोली यहाँ आएर साँझनै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीस“ग पनि छलफल गरेको थियो ।
आइतबार मतगणना हुँदै गर्दा मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुई प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादीका प्रतिनिधिले च्यातेको एमालेको आरोप छ भने माओवादीले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्ति मार्फत जनाएको छ ।
माओवादी र कांग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गर्नुपर्ने माग गरेका छन् भने एमालेले च्यातिएको मत पत्र बदर गरी बाँकी मतपत्र गणना गर्नुपर्ने जनाएको छ ।
दलका प्रतिनिधिले मतगणनास्थलको ढोकामा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् । भरतपुर महानगरपालिका– १९ को मतगणनाको अन्तिम—अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको थियो । अव वडा नं– २० को मात्र मतगणना बा“कि छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७ सय ३३ मतले अगाडि छन् । महानगरमा १ लाख १२ हजार ७४१ मत खसेको थियो । आयोगले दलका प्रमुखस“गको छलफलपछि मंगलबार घटनास्थलको स्थलगत अध्ययन गरेको छ ।

पुनः मतदान हुँदैन -महासचिव पोखरेल
चितवन—नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रेस चौतारी चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दै मतगणना सुरु गर्नुपर्ने सुझाव दिए । सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताए । उनले मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउ“दै मतगणना सुरु गर्नुपर्ने कुरामा जोड दिए । उनले यस्ता घटना निन्दनीय रहेको बताउ“दै यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।
आइतबार राति वडाको मतगणना गर्ने क्रममा मतपत्र च्यातिएपछि मतगणना स्थगन गरिएको थियो ।
मतगणना रोकिएको विरोधमा एमालेले बिहान नारायणगढबाट सुरु गरेको विरोध ¥याली मतगणनास्थल बाहिर आएर धर्नामा परिणत भएको थियो । तत्काल मतगणनाको माग गर्दै एमालेले विरोधस्वरूप धर्ना कार्यक्रमको आयोजना गरेको हो ।
पुनः मतदान हुनुपर्छः माओवादी केन्द्र
चितवन—नेकपा (माओवादी केन्द्र) चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ ।
माओवादी केन्द्रले एक विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो ।
सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रले उक्त घटना एमालेले घटाएको भन्दै घटनाको वास्तविकतालाई बंग्याएर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट माओवादी केन्द्रविरुद्ध प्रचार गरिएको भन्दै भत्र्सना गरेको छ ।
जिल्ला इन्चार्ज ईश्वरी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतगणनाको अन्तिम समयमा आएर निर्वाचनलाई प्रभाव पार्ने नियतले नेकपा (एमाले)ले गरेको हर्कतले लोकतन्त्रमाथि उसको प्रतिबद्धताप्रति नै प्रश्न चिह्न उठाएको उल्लेख गरिएको छ ।
एमालेले सुरुदेखि नै मतपरिणामलाई प्रभाव पार्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारको पास प्रयोग गरी अनधिकृत मान्छेको प्रवेश गराउने गर्दै आएको सोही विज्ञप्तिमार्फत माओवादी केन्द्रले आरोप लगाएको छ ।
‘मतगणना चलिरह“दा हाम्रो उम्मेदवार जिततर्फ अघि बढिरहेका बेला एक्कासि एमालेका मतगणना प्रतिनिधि कृष्ण न्यौपाने, गणेश लामा, अश्विन घिमिरे र प्रकाश ढुंगानाले मतपत्र कब्जा गरी च्यात्न लागेपछि आफ्ना प्रतिनिधि द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेले मतपत्रको रक्षागर्ने क्रममा केही मतपत्र च्यातिन पुगे’ जारी विज्ञप्तिमा भनिएको छ ।
सो क्रममा माओवादी केन्द्रले पक्राउ परेका शिवाकोटी र न्यौपानेको तत्काल रिहाइको मागसमेत गरेको छ । आइतबार राति नै उनीहरूलाई प्रहरीले मतगणनास्थलबाट पक्राउ गरेको थियो । उक्त वडामा एमालेले मतगणना अगाडि बढाउन माग गरेको छ भने नेपाली कांग्रेसले पनि पुनः मतदानको माग गरेको छ ।
चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचन आयोगमा घटनाबारे जानकारी दिएको र आयोगको निर्देशनअनुसार अघि बढ्ने बताएका छन् । अहिले मतगणनास्थल सिल गरिएको छ भने प्रहरी सुरक्षा कडा पारिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित